प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन, सिन्धुपाल्चोक र धादिङमा झुण्डी मृत्यु

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-४, देवौली बस्ने अन्दाजी ५८ वर्षीय श्याम राजा ठकुरी आफ्नै घरको कोठामा फलामको पाइपमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । त्यसै गरि भरतपुर महानगरपालिका-१८, गाजीपुर बस्ने ६१ वर्षीय कालु गुरुङ आफ्नै घरको कोठामा काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका-८, मानेश्वरा खिपिङ बस्ने ५५ वर्षीय नेत्र बहादुर पौड्याल गिद्धे सामुदायिक वनको मौवाको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । त्यसै गरि ईन्द्रावती गाउँपालिका-२, भोर्ले बस्ने अन्दाजी ४७ वर्षीया सरिता तामाङ आफ्नै घरको कोठामा पङ्खा झुण्ड्याउन बनाएको सिलिङको हुकमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, सिद्धलेक गाउँपालिका-२, आंखिले बस्ने अन्दाजी ३०/३१ वर्षीय पवन बागदाश आफ्नै घरदेखि अन्दाजी ७ किलोमिटर पूर्वमा रहेको लामीडांडा सामुदायिक वनमा बरको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।



सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।