प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपल चौतारा चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३-००१ ज ३२० नम्बरको यात्रुबाहक माईक्रो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार जिल्ला उदयपुर,  कटारी नगरपालिका-८ बस्ने अन्दाजी२७ वर्षीय बिनय राणा मगरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध फेनार्गन ७५ पिस, डाईजेपाम ७४ पिस र नुर्फिन ७४ पिस फेला पारी अवैध लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।