प्रहरी कार्यालय
जिल्ला ट्राफिक प्रह.ा री कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटे मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लगायत गरि १० जनाको संख्यामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका- १५ रातोमाटे चेकपोईन्ट स्थितमा भएको चेकिङमा ५१ वटा सवारी साधनको लागुपदार्थ सेवन चेकजाँच गरेकोमा २ वटा सवारी चालकको लागुपदार्थ सेवन पोजेटिभ (Positive) भएकोले २ वटै सवारी साधन लाई प्रहरी चौकी रातोमाटे मकवानपुरको नियन्त्रणमा राखिएको, ना.१ ज.१९२२ नं. को सुमो चालकको साथमा ५ थान एप्पल कम्पनी (Iphone-13 सिरिजका कभर हटाई ल्याईएका) फोनको बिल बिजक नभएकोले उक्त ५ वटा फोन सहित सवारी चालक समेत र ला.प.से.पोजेटिभ (positive) देखिएका २ जना चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई, आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला काभ्रेपलाञ्चोक, प्रहरी चौकी पाँचखालबाट खटिएको गस्ति प्रहरी टोलीले जिल्ला काभ्रे पाँचखाल नगरपालिका-४ स्थित तामाघाटमा बसिरहेको अवस्थामा जिल्ला काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने बर्ष ३२ को सरोज रम्तेल र ऐ.०७ बस्ने बर्ष २४ को सुदिप मिजार दुवै जना माथी संका लागी सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल ५ पत्ता (४७ ट्यावलेट), स्पास २ पत्ता (१७ ट्यावलेट), डिवोमिन २ पत्ता (१७ ट्यावलेट) र खुल्ला रातो १ ट्यावलेट लागुऔषध फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।
जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालिका-१९ बस्तिपुर स्थित शुसान तामाङ भन्ने ल्वाङ डिमडुङको घरमा लागुऔषध ब्राउन सुगर सेवन गरी रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिगई बुझ्दा निज बर्ष अन्दाजी २४ को शुसान तामाङ भन्ने ल्वाङ डिमडुङलाई निजको घरमा लागुऔषध सेवन गरी बसि रहेको अवस्थामा फेला पारि निजको शरिर खान तलासि गर्दा निजको साथबाट प्लाष्टिकले बेरेको पोका-११ र सेतो प्लाष्टिकमा प्याकेट १ (एक) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तौल हुन बाकी अन्दाजी ५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।
जिल्ला चितवन माडी नगरपालिका-९ प्रहरी चौकी सोमेश्वरको कार्यालय स्थित हाइवेमा खटिएको चेकिङ प्रहरी टोलिले ठोरिदेखी भरतपुर तर्फ जाँदै गरेको ना ६ ख ४०१ नं. को बस चेकजाँच गर्ने क्रममा सोही गाडिमा सवार जिल्ला चितवन माडी नगरपालिका-६ कल्याणपुर बस्ने बर्ष अन्दाजी २४ को आशिष गुरुङको झोला चेकजाँच गर्दा लागुऔषध NITRAZEPAM TABLETS I.P ४८ पिस र SPAAS २४० पिस फेला पारी निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय माडिमा ल्याइ राखेको आवश्यक अनुसन्धान कार्य भई रहेको ।
जिल्ला चितवन खैरहनि नगरपालिका-१ गणेश चोक स्थित बस्ने वर्ष २६ को अजय गान्धरीले घरमा लागुऔषध सेवन र ओसारपसार भई रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली खटी गई घरमा चेकजाँच गर्दा लागुऔषध (ब्राउन सुगर) ३.१० ग्राम सहित जिल्ला चितवन खैरहनी नगरपालिका-१ गणेश चोक वस्ने वर्ष वर्ष २६ को अजय गान्धरी, ऐ.ऐ. १२ बस्ने वर्ष ३६ को विजय क्षेत्री, जिल्ला कैलाली टिकापुर नगरपालिका- १ घर भई हाल जिल्ला काठमाण्डौ गौरीघाट वस्ने वर्ष ३२ को पुष्प उपाध्याय र जिल्ला अछाम मङ्गलसेन नगरपालिका-८ घर भई हाल काठमाडौँ गौरीघाट बस्ने वर्ष ३५ को पदमबहादुर बोहरा समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला चितवन भरतपुर महानगरपालिका-५ बिकास चोक स्थित रहेको ह्यापि होम पार्टी प्यालेसको कटेजमा जिल्ला चितवन भरतपुर महानगरपालिका-४ नवदुर्गाचोक बस्ने वर्ष २७ को रिसत सुवेदी, ऐ. भरतपुर महानगरपालिका- ७ विकासचोक बस्ने वर्ष २८ को कुशल श्रेष्ठ र ऐ.ऐ. बुद्धचोक बस्ने वर्ष २२ को पुजन भन्ने शशी गहतराजहरुले लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिगई ब्राउन सुगर जस्तो देखीन पदार्थ अन्दाजी ३ ग्राम (प्लाष्टिक सहित तौल हुन बाँकी), नगद ने.रु.१६,५६५।–/र भा.रु.५००।-सहित तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला मकवानपुर हटौडा उप-महानगरपालिका-१० बसपार्क पिप्लबोट स्थित ऐ.ऐ. ८ कमाने बस्ने रिता मोक्तानको छोरा वर्ष अन्दाजी १८ को आकाश मोक्तान र ऐ.ऐ. १ चौकीटोल बस्ने कमल लोप्चनको छोरा वर्ष अन्दाजी १८ को बिपिन लोप्चन बिच एक आपसमा वादबिवाद तथा झै झगडा भई रहेको छ भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिपिन लोप्चनको मोबाईलको कभरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी शुद्व तौल गर्दा ५० मिलिग्राम सहित दुबै जना लाई जिल्ला प्रहरी कार्यालय मकवनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला चितवन भरतपुर महानगरपालिका-११ स्थित घर भई ऐ .स्थित घोल बजार डेरा गरी बस्ने वर्ष २९ को सन्दिप श्रेष्ठले लागू औषधको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटी गई निजको कोठा खानतलासी गर्दा निजको कोठाबाट लागुऔषध गाँजा ३ के.जी ७०० ग्राम, ट्रामाडोल १२ पिस, बमिन १२ पिस खाली सिरिन्ज ५ पिस, नगद २८,९४० एक थान रेडमीको एन्ड्रोइड मोबाइल सहिन निजलाई नियन्त्रणमा लिई प्रहरी कार्यलयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला मकवानपुर मनहरी गाँउपालिका-७ चैनपुर रोड स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट ट्राफिक सहित खटिएको प्रहरी चेकिङ टोलीले मनहरीतर्फ बाट चैनपुर तर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नं. को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका-८ बस्ने अन्दाजी बर्ष २३ को अन्जन कुमार थिङले बोकेको खैरो कलरको साईड ब्याकमा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित अन्दाजी २ ग्राम (तौल गर्न बाँकी) फेला पारी मो.सा., चालक सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुर ल्याई राखिएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।
जिल्ला चितवन राप्ती नगरपालिका-१ परेवाकोट डाँडा स्थित जङ्गलमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती नगरपालिका-१२ बस्ने वर्ष अन्दाजी ५५/६० चन्द्र बहादुर चेपाङ, ऎ.ऎ. बस्ने वर्ष अन्दाजी २९ को हरिलाल चेपाङ र ऎ. २ बस्ने वर्ष अन्दाजी ५२ को वीर बहादुर ब्लोन लाई लागुऔषध गाँजा पैदलमा ओसार-पसार गरिरहेको अवस्थामा ६ वटा बोराभित्र रातो प्लास्टिकमा कालो प्लास्टिकको डोरीले बेरिएको ६ वटा गाँजाको पोकाहरु प्याकिङ गरिएको प्लाष्टिक सहित ९२ के.जी. फेला पारी उक्त गाँजा सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयकामा ल्याई आवश्क अनुसन्धान कार्य भईरहेको ।
जिल्ला धादिङ थाक्रे गाँउपालिका-६ देउडि स्थितमा खटिएको प्रहरी टोलिले शंका लागि थाक्रे गाँउपालिका-३ मल्डुङ घर भई ऐ. स्थितमा चिया पसल (जस्ताले बारेको टिनको छानो भएको एकतले २ कोठे) गरि बस्ने कान्छा तामाङको छोरा बर्ष अन्दाजी १७ को राजन तामाङले आफु सुत्ने कोठामा हरियो प्लास्टिक भित्र लुकाई छिपाई राखेको लागुऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ तौल गरी अन्दाजी ३९० ग्राम र गाँजा जस्तो देखीने पदार्थ अन्दाजी १६५ ग्राम सहित नियन्त्रणमा लीई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा ल्याईएको, आवश्यक अनुसन्धान कार्य भइरहेको ।
मिति २०८३।०५।३१ गते अन्दजाी ०९:०० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१८ रामधुनी टोल बस्ने उद्धव रोक्काको छोरा वर्ष अन्दाजी २५ को अनोज रोक्कालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध ट्रामाडोल (५ पत्ता) ४८ ट्याब्लेट र गाजाँ १०० ग्राम सहित फेला पारी नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
सिन्धुपाल्चोक चौतारा सागागढि नगरपालिका-११ बन्देउ स्थित अरनिको राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सि.पा., प्रहरी चौकीबन्देउ सि.पा. र चौतारा सागागढि नगरपालिकाका स्वास्थय कर्मी १ जना सहित संयुक्त चेकिङ टोलीले २० वटा सवारी चालकहरुलाई लागुऔषध पदार्थ सेवन र मा.प.से. स्वास्थ्य परिक्षण गर्दा बा.प्र.०६-००१ ज ७४७ नं.को EV चालक जिल्ला काभ्रे भुङ्लु गाँउपालिका-८ बस्ने बर्ष अन्दाजी २९ को सत्यनारायण आरनको ला.प.से. पोजेटिभ देखिएकोले निज लाई नियन्त्रणमा लिई कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय सि.पा. तर्फ पठाएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।
मिति २०८३।०५।२९ गते अंन्दाजी १८:१५ बजेको समयमा जिल्ला मकवानपुर बकैया गाँउपालिका -४ थली बस्ने वर्ष अन्दाजी ४६ को विजय कुमार भ्लोन लागुऔषध गाँजा चालु मुद्धाको फरार प्रतिवादीलाई खटिएको प्रहरी टोलीले ऐ. हेटौडा उप-महानगरपालिका-१० राप्तीरोड बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।