प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा

२०८३-०६-०४

  • A
  • A-
  • A+
Share

जिल्ला  चितवन राप्ती नगरपालिका-१ परेवाकोट डाँडा स्थित जङ्गलमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले  जिल्ला चितवन राप्ती नगरपालिका-१२ बस्ने वर्ष अन्दाजी ५५/६० चन्द्र बहादुर चेपाङ, ऎ.ऎ. बस्ने वर्ष अन्दाजी २९ को हरिलाल चेपाङ र ऎ. २ बस्ने वर्ष अन्दाजी ५२ को वीर बहादुर ब्लोन लाई लागुऔषध गाँजा पैदलमा ओसार-पसार गरिरहेको अवस्थामा ६ वटा बोराभित्र रातो प्लास्टिकमा कालो प्लास्टिकको डोरीले  बेरिएको ६ वटा गाँजाको पोकाहरु प्याकिङ गरिएको प्लाष्टिक सहित ९२ के.जी. फेला पारी उक्त गाँजा सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयकामा ल्याई आवश्क अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

७१ औ प्रहरी दिवस २०८३ को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम
२०८३-०६-१७

जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ कुर्लेदमार खेल मैदानमा “७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडा मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानिय सर्वसाधरण, बाहालवाला तथा पुर्व प्रहरी कर्मचारीको लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम गरिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी ज्युको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता/सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमला, बागमती प्रदेश प्रहरी अस्पताल हेटौडाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.बिकल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, मकवानपुरगढी गाँउपालिकाका जनप्रतिनिधी लगायत स्थानियबासी, पत्रकार, पुर्व प्रहरी कर्मचारी र बाहालवाला कर्मचारी सहित अन्दाजी ५०/६० जनाको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविरको औपचारीक उद्घाटन कार्यक्रम सुरु भएको थियो ।