लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८३-०६-०४
- A
- A-
- A+
जिल्ला चितवन राप्ती नगरपालिका-१
परेवाकोट डाँडा स्थित जङ्गलमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट
खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती नगरपालिका-१२ बस्ने वर्ष
अन्दाजी ५५/६० चन्द्र बहादुर चेपाङ,
ऎ.ऎ. बस्ने वर्ष अन्दाजी २९ को हरिलाल चेपाङ र ऎ.
२ बस्ने वर्ष अन्दाजी ५२
को वीर बहादुर ब्लोन लाई लागुऔषध गाँजा पैदलमा ओसार-पसार
गरिरहेको अवस्थामा ६ वटा बोराभित्र रातो प्लास्टिकमा कालो प्लास्टिकको डोरीले बेरिएको ६ वटा गाँजाको पोकाहरु प्याकिङ गरिएको प्लाष्टिक सहित ९२ के.जी. फेला पारी
उक्त गाँजा सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयकामा ल्याई आवश्क अनुसन्धान
कार्य भईरहेको ।