लागुऔषध सहित १ जना मानिस मो.सा. सहित नियन्त्रणमा
२०८३-०६-०५
- A
- A-
- A+
जिल्ला मकवानपुर मनहरी गाँउपालिका-७
चैनपुर रोड स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय
मनहरी मकवानपुरबाट ट्राफिक सहित खटिएको प्रहरी चेकिङ
टोलीले मनहरीतर्फ बाट चैनपुर तर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नं. को
मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक
जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका-८
बस्ने अन्दाजी बर्ष २३ को अन्जन कुमार थिङले बोकेको खैरो कलरको
साईड ब्याकमा लागुऔषध खैरो हिरोईन जस्तो
देखिने पदार्थ प्लाष्टिक सहित अन्दाजी २ ग्राम (तौल गर्न बाँकी) फेला पारी मो.सा., चालक सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरी
मकवानपुर ल्याई राखिएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।