लागुऔषध सहित ४ जना मानिस नियन्त्रणमा
२०८३-०६-०९
- A
- A-
- A+
जिल्ला चितवन खैरहनि नगरपालिका-१ गणेश चोक स्थित बस्ने वर्ष २६ को
अजय गान्धरीले घरमा लागुऔषध सेवन र ओसारपसार भई रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली खटी गई घरमा चेकजाँच
गर्दा लागुऔषध
(ब्राउन सुगर) ३.१० ग्राम
सहित जिल्ला चितवन खैरहनी नगरपालिका-१ गणेश चोक वस्ने वर्ष वर्ष २६ को
अजय गान्धरी, ऐ.ऐ.
१२ बस्ने वर्ष ३६ को विजय क्षेत्री, जिल्ला कैलाली टिकापुर नगरपालिका-
१ घर भई हाल जिल्ला काठमाण्डौ गौरीघाट वस्ने वर्ष ३२ को पुष्प उपाध्याय र जिल्ला
अछाम मङ्गलसेन नगरपालिका-८ घर भई हाल काठमाडौँ गौरीघाट बस्ने वर्ष ३५ को
पदमबहादुर बोहरा समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी
कार्यालय खैरहनीमा ल्याइ आवश्यक
अनुसन्धान कार्य भईरहेको ।