लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८३-०६-०६
- A
- A-
- A+
जिल्ला मकवानपुर हटौडा उप-महानगरपालिका-१०
बसपार्क पिप्लबोट स्थित ऐ.ऐ. ८ कमाने बस्ने रिता
मोक्तानको छोरा वर्ष अन्दाजी १८
को आकाश मोक्तान र ऐ.ऐ. १ चौकीटोल बस्ने कमल लोप्चनको छोरा वर्ष अन्दाजी १८ को बिपिन लोप्चन बिच एक आपसमा वादबिवाद तथा झै झगडा भई रहेको छ भन्ने जानकारी प्राप्त
हुन साथ प्रहरी टोली खटि गई निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच
गर्दा बिपिन लोप्चनको मोबाईलको कभरमा लुकाई छिपाई राखेको अवस्थामा
लागुऔषध
खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी शुद्व तौल गर्दा ५० मिलिग्राम सहित दुबै जना लाई
जिल्ला
प्रहरी कार्यालय मकवनपुरमा ल्याई आवश्यक
अनुसन्धान कार्य भईरहेको ।