लागुऔषध सहित ३ जना मानिसहरु नियन्त्रणमा
२०८३-०६-०७
- A
- A-
- A+
जिल्ला चितवन भरतपुर महानगरपालिका-५
बिकास चोक स्थित रहेको ह्यापि होम पार्टी प्यालेसको कटेजमा जिल्ला
चितवन भरतपुर महानगरपालिका-४ नवदुर्गाचोक बस्ने वर्ष २७ को रिसत सुवेदी, ऐ. भरतपुर महानगरपालिका- ७ विकासचोक बस्ने वर्ष २८ को कुशल श्रेष्ठ र ऐ.ऐ. बुद्धचोक बस्ने वर्ष २२ को पुजन भन्ने शशी गहतराजहरुले लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय चितवनबाट प्रहरी टोली
खटिगई ब्राउन सुगर जस्तो देखीन पदार्थ अन्दाजी ३ ग्राम (प्लाष्टिक सहित तौल हुन
बाँकी), नगद ने.रु.१६,५६५।–/र भा.रु.५००।-सहित तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।