प्रहरी कार्यालय
चितवन, भरतपुर महानगरपालिका- ३ बेलचोक स्थितमा जिल्ला गोरखा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका- ३ बेल्चोक स्थितमा डेरा कोठा गरी बस्ने वर्ष १८ को रोशन भन्ने अन्जन गुरुङको डेरा कोठामा लागुऔषध विक्रि वितरण तथा सेवन गरेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निज अन्जन गुरुङले बोक्ने कालो रङको साइड ब्यागमा प्लास्टिक भित्र पोको पारी राखेको अवस्थामा लागुऔषध डाइजेपाम २२ एम्पुल, नुरफिन २२ एम्पुल, प्रोमिथाजिन २२ एम्पुल, नगद रु,१२७५।– (बार सय पचहत्तर) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्यभईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।२०८३ साल कात्तिक ८ गते करिब १५:१५ बजेको समयमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।बरामद धातुसहित कारमा सवार चार जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ। बरामद धातुको प्रकृति तथा घटनासम्बन्धी अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा भारतको रक्सोल बस्ने करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, चालकको १७ वर्षीय छोरा र चालककी भान्जी अं. २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्।
मकवानपुर, जिल्ला अदालत मकवानपुरको पत्र आदेश अनुसार प्रतिवादि लागुऔषध मुद्दाको मिति २०८२।११।२७ गतेको फैसला भएको कैद २० दिन सजाय भएको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका- १८ भक्तिचोक स्थित सिमलटोलमा बस्ने नवराज खतिवडाको छोरा वर्ष अन्दाजी- १९ को सविन खतिवडालाई सोही स्थान सिमले टोल स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीको भईरहेको ।
मकवानपुर, लागुऔषध गाँजा मुद्धा (चालु मुद्धा) मा फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ९ ज्यामिरे बस्ने बर्ष अन्दाजी- ३६ को सुमन गिरीलाई जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ७ मनहरी बजार स्थितमा हिडिरहेको अवस्थामा प्रहरी गस्ती टोलिले नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्यभईरहेको ।
सिन्धुली फिक्कल गाउँपालिका- ६ स्थित बर्ष अन्दाजी-२८ को जिवन लामा चोरी मुद्दाको कसुरमा २ (दुई) बर्ष कैद र रु. २०,०००/- (बिस हजार) जरिवाना भई नख्खु कारागार काठमाण्डौमा सजाय भोगी रहेकोमा,जेन्जि आन्दोलनमा फरार भई घरमा लुकि छिपि रहेको भनी गोप्य सूचनाको आधारमा निजलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाही भईरहेको ।
दोलखा, मेलुङ गाउँपालिका- टापु महादेव मन्दिर स्थितमा झै-झगडा भएको भनि जानकारी प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी पुगि बुझ्दा जिल्ला दोलखा तामाकोशी गाउँपालिका-५ सहरे घर भई हाल काठमाण्डौ बल्खु बस्ने बर्ष ३० को जिवन तामाङ र सोही स्थान-५ कल्लेरी घर भई हाल काठमाण्डौ बालाजु बस्ने बर्ष १६ को सन्दिप तामाङ सहरे बाट मेलुङ गाउँपालिका- २ टापु तर्फ प्र ३०२-००९ प २२४४ नम्बरको को मोटरसाइकलमा आउँदै गर्दा सोही स्थानमा स्थानियहरुसँग झै-झगडा गरेको र निजहरुलाई लागुपर्दार्थ सेवन गरेको भनि शंकालागि चेकजाँच गर्ने क्रममा निजहरुले लुकाई छिपाई ल्याएको कालो कलरको झोला भित्र ११ वटा पत्तामा १०२ वटा Tramadol Hydrochloride Capsules जस्तो देखिने बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्यभईहेको ।
चितवन राप्ती नगरपालिका १२ बस्ने वर्ष अन्दाजी ७९ को राम बहादुर श्रेष्ठले आफ्नै गोठमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ मुचुल्का सहितको प्रहरी टोली खटिगई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।