प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
आश्विन २०८३
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ सुकुम्बासी टोल स्थित एका बहादुर आलेको घरमा लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट समेत प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा जिल्ला मकवानपुर राक्सीराङ घर भई हाल सोही घरमा बस्दै आएको वर्ष अन्दाजी २४ को शरण कार्की र भीमफेदी गाउपालिका-५ बस्ने वर्ष अन्दाजी २७ को मिलन स्याङबो शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खोजतलास गर्दा निजहरु बसेको कोठामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध १ ग्राम १९० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागूऔषध सहित २ जनालाई पक्राउ
२०८३-०६-११

मिति २०८३।०६।११ गते अन्दाजी १४:३० बजेको समयमा लागूऔषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवनापुर र वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरको प्रहरी टोली खटि गइ खोजतलास गर्ने  क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०५ पिप्ले स्थित माछा पालनको सुरक्षा गार्ड बस्ने घरमा ना १९ प ९८५७ नम्बरको मो.सा. रोकि राखेको अवस्थामा मो.सा. चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-०५ बस्ने वर्ष अन्दाजी २९ को रोहन सिंहलाई  शंका लागी चेकजाँच गर्दा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ  निजको दाहिने हातको मुठ्ठी ७ पुरिया (तौल गर्दा नेट तौल ५२० मिलि ग्राम) फेला पारी निजलाई सोधपुछ गर्दा जिल्ला पर्सा बिन्दबासीनि गाउपालिका-०४ घर भई हाल हेटौडा उपमहानगरपालिका-०५ पिप्ले बस्ने वर्ष अन्दाजी २४ को सुरज साहले बेचेको भनि जानकारी गराएकोले निज सुरज साहलाइ समेत निजकै डेरा कोठा नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध सहित ४ जना मानिस नियन्त्रणमा
२०८३-०६-०९

जिल्ला चितवन खैरहनि  नगरपालिका-१ गणेश चोक स्थित बस्ने वर्ष २६ को अजय गान्धरीले  घरमा लागुऔषध सेवन र ओसारपसार भई रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली खटी गई घरमा चेकजाँच गर्दा लागुऔषध (ब्राउन सुगर) ३.१० ग्राम  सहित  जिल्ला चितवन खैरहनी  नगरपालिका-१ गणेश चोक वस्ने वर्ष वर्ष २६ को अजय गान्धरी, ऐ.ऐ. १२ बस्ने  वर्ष ३६ को विजय क्षेत्री, जिल्ला कैलाली टिकापुर नगरपालिका- १ घर भई हाल जिल्ला काठमाण्डौ गौरीघाट वस्ने वर्ष ३२ को पुष्प उपाध्याय र  जिल्ला अछाम मङ्गलसेन  नगरपालिका-८ घर भई  हाल काठमाडौँ गौरीघाट बस्ने वर्ष ३५ को पदमबहादुर बोहरा  समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध सहित ३ जना मानिसहरु नियन्त्रणमा
२०८३-०६-०७

जिल्ला चितवन भरतपुर महानगरपालिका-५ बिकास चोक स्थित रहेको ह्यापि होम पार्टी प्यालेसको कटेजमा जिल्ला चितवन भरतपुर महानगरपालिका-४ नवदुर्गाचोक बस्ने वर्ष २७ को रिसत सुवेदी, ऐ. भरतपुर महानगरपालिका- ७  विकासचोक बस्ने वर्ष २८ को कुशल श्रेष्ठ र ऐ.ऐ. बुद्धचोक बस्ने वर्ष २२ को पुजन भन्ने शशी गहतराजहरुले लागुऔषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिगई ब्राउन सुगर जस्तो देखीन पदार्थ अन्दाजी ३ ग्राम (प्लाष्टिक सहित तौल हुन बाँकी), नगद ने.रु.१६,५६५।–/र भा.रु.५००।-सहित तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३-०६-०७

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना व्यक्तिहरूलाई राखिएको छ । 

लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८३-०६-०६

जिल्ला मकवानपुर  हटौडा उप-महानगरपालिका-१० बसपार्क पिप्लबोट स्थित ऐ.ऐ. ८ कमाने बस्ने रिता मोक्तानको छोरा वर्ष अन्दाजी १८ को आकाश मोक्तान र ऐ.ऐ. १ चौकीटोल बस्ने कमल लोप्चनको छोरा वर्ष अन्दाजी १८ को बिपिन लोप्चन बिच एक आपसमा वादबिवाद तथा झै झगडा भई रहेको छ भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिपिन लोप्चनको मोबाईलको कभरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी शुद्व तौल गर्दा ५० मिलिग्राम सहित दुबै जना लाई जिल्ला प्रहरी कार्यालय मकवनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

बिष्फोटक पर्दाथको सामान सहित १ जना मानिस नियनत्रणमा
२०८३-०६-०६

जिल्ला धादिङ खनियाबास गाँउपालिका-४ किन्ताङफेदि स्थितमा किन्ताङफेदिबाट धादिङबेशि तर्फ जाँदै गरेको BAA 0734 नं. को जिपमा सवार जिल्ला सुर्खेत हरिहर गाँउपालिका-१ चितिचौर घर भई हाल जिल्ला धादिङ रुविभ्यालि गाँउपालिका-४ स्थित गोरक्ष हाईट्रोपावरमा काम गर्ने कामदार बर्ष अन्दाजी ३५ को चन्द्र बहादुर भारतीले घर फर्किने क्रममा हाईट्रोपावरमा भएको १०० मिटर बलाष्टिङ गर्ने कालो रातो मसिनो तार, डटोनेटर ४ थान (पट्काउने काम गर्ने) र ३ वटा इमुलेसन बरामद गरी सामान सहित निजलाई नियनत्रणमा लिएको, जिल्ला प्रहरि कार्यालय धादिङमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
२०८३-०६-०६

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ ।   

लागुऔषध सहित १ जना मानिस मो.सा. सहित नियन्त्रणमा
२०८३-०६-०५

जिल्ला मकवानपुर मनहरी गाँउपालिका-७ चैनपुर रोड स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट ट्राफिक सहित खटिएको प्रहरी चेकिङ टोलीले मनहरीतर्फ बाट चैनपुर तर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नं. को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका-८ बस्ने अन्दाजी बर्ष २३ को अन्जन कुमार थिङले बोकेको खैरो कलरको साईड ब्याकमा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित अन्दाजी २ ग्राम (तौल गर्न बाँकी) फेला  पारी मो.सा., चालक सहित नियन्त्रणमा लिई  इलाका प्रहरी कार्यालय मनहरी मकवानपुर ल्याई राखिएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।  

मानिस मृत अबस्थामा फेला परेको
२०८३-०६-०५

जिल्ला खोटाङ हलेशी टुवाचुङ नगरपालिका-२ घरभई हाल जिल्ला काभ्रे महाभारत गाँउपालिका-६ बनखुचौर स्थित नवनिर्मित अस्पतालमा काम गर्ने कामदारहरुलाई खाना पकाउने काम गर्दै आएकी बर्ष अंन्दाजी २५ की सिर्जना राई मिति २०८३।०५।२९ गते देखि हराएको भनि इलाका प्रहरी कार्यालय देविटार काभ्रेमा मिति २०८३।०५।३१ गते हुलिया सहितको निवेदन दिएकोमा खोजतलास गर्दै जाने क्रममा निज महिला जिल्ला काभ्रे महाभारत गाँउपालिका-६ बनखुचौर स्थित डाँडाबाट अन्दाजी ३०० मिटर तल लडी मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरीको टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, उक्त लाश झाडीमा खुट्टा अल्झीएको अबस्थामा रहेको, थप अनुसन्धान तथा घटनास्थल मुचुल्लाको लागि इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्रहरी निरीक्षको टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट SOCO सहितको  टोली खटि गई, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८३-०६-०४

जिल्ला  चितवन राप्ती नगरपालिका-१ परेवाकोट डाँडा स्थित जङ्गलमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले  जिल्ला चितवन राप्ती नगरपालिका-१२ बस्ने वर्ष अन्दाजी ५५/६० चन्द्र बहादुर चेपाङ, ऎ.ऎ. बस्ने वर्ष अन्दाजी २९ को हरिलाल चेपाङ र ऎ. २ बस्ने वर्ष अन्दाजी ५२ को वीर बहादुर ब्लोन लाई लागुऔषध गाँजा पैदलमा ओसार-पसार गरिरहेको अवस्थामा ६ वटा बोराभित्र रातो प्लास्टिकमा कालो प्लास्टिकको डोरीले  बेरिएको ६ वटा गाँजाको पोकाहरु प्याकिङ गरिएको प्लाष्टिक सहित ९२ के.जी. फेला पारी उक्त गाँजा सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयकामा ल्याई आवश्क अनुसन्धान कार्य भईरहेको ।

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय १० जनाको शव फेला
२०८३-०६-०२

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।             प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

लागुऔषध देखीने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला धादिङ थाक्रे गाँउपालिका-६ देउडि स्थितमा खटिएको प्रहरी टोलिले शंका लागि  थाक्रे गाँउपालिका-३ मल्डुङ घर भई ऐ. स्थितमा चिया पसल (जस्ताले बारेको टिनको छानो भएको एकतले २ कोठे) गरि बस्ने कान्छा तामाङको छोरा बर्ष अन्दाजी १७ को राजन तामाङले आफु सुत्ने कोठामा हरियो प्लास्टिक भित्र लुकाई छिपाई राखेको लागुऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ तौल गरी अन्दाजी ३९० ग्राम र गाँजा जस्तो देखीने पदार्थ अन्दाजी १६५ ग्राम सहित नियन्त्रणमा लीई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा ल्याईएको, आवश्यक अनुसन्धान कार्य भइरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलिले जिल्ला सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ३५ को बिजय तोलाङ्गेको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक १.६५० मिली ग्राम र नगद रु.३०,६८०।– (तिस हजार छ सय असि) फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र ऐ. स्थितमा संजिव देवकोटाको घर खान तलासी गर्दा निजको घरबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक ४.१६० मिलि ग्राम र नगद रु. ३१,५००।– (एकतिस हजार पाचँ सय) फेला पारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, संजिव देवकोटा घरमा फेला नपरेकोले आवश्यक खोजतलास कार्य भईरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<
अधिक लोड >>
कम देखाउनुहोस् <<