प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
असार २०८२
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अन्दाजी १० क्युन्टल बराबरको लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-१६

मकवापुर, कैलाश गाउँपालिका-५, कटहरे स्थित लागू औषध नियन्त्रण व्युरो काठमाण्डौंबाट खटिआएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-५, कटहरे बस्ने अन्दाजी ७३ वर्षीय हरि बहादुर वाईबा, सोही ठेगाना बस्ने अन्दाजी ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र अन्दाजी १९ वर्षीय राजेन्द्र लामाको घरमा खानतलासि गर्दा ५४ बोरा अन्दाजी १० क्युन्टल लागू औषध गाँजा (तौल गर्न बाकी)  फेलापारी लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित पारिश्रमिक टोल बस्ने अन्दाजी ३६ वर्षीय आनन्द गुरुङको घरमा लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी टोली खटि गई चेकजाँच गर्दा निज आनन्द गुरुङ र सोही स्थान बस्ने वर्ष अन्दाजी ३४।३५ को डम्मर बहादुर थापा फेला पारी नियन्त्रणमा लिई चेक गर्दा कोठामा झोलाभित्र लुकाइ छिपाइ राखेको लागू औषध Tramadol जम्मा ५ पिस र लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ पुरिया (पलास्टिक सहित तौल गर्दा ३९ मिलिग्राम) फेला पारी उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१२

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौ तर्फ जादै गरेको म.प्र.०४-००१ज ०१५५ नम्बरको यात्रुबाहक EV हायस गाडिलाई रोकी चेक जाँज गर्दा गाडिको सिट नम्बर ६ मा सवार जिल्ला सर्लाही, बरहथवा नगरपालिका-७ बस्ने अन्दाजी ३० वर्षीय विक्रम चौधरीले लुकाई छिपाई ल्याएको रातो झोलाबाट लागू औषध (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस) र गाडिको छतमा राखेको जुटको बोराबाट लागू औषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता (प्रति पत्ता २० पिसको दरले जम्मा -२९,००० पिस) फेला पारी उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले भारतको मोतिहारीबाट काठमाण्डौँ तर्फ जान आउँदै गरेको BR01AW 1404 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाइ छिपाइ ल्याएको लागिऔषध Tramadol जम्मा २५,४५५ क्याप्सुल र लागुऔषध ONEREX १००Ml को १२० बोतल फेला परेको हुदाँ उक्त लागुऔषध सहित कार चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पंचमिडिया बस्ने वर्ष अन्दाजी २६ को उपेन्द्र यादव, कारमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी २२ को संजित कुमार यादव   सोही कारमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी ३५ को सिकन्दर महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<