प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८२-०३-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, विदुर नगरपालिका-१, ढुङ्गे चोक स्थित गल्छि त्रिसुली सडकखण्डमा ढुङगेतर्फबाट रसुवातर्फ जाँदै गरेको  ना ४ ख ४८४ नं. को बसले पैदल यात्री जिल्ला नुवाकोट  किस्पाङ गाउँपालिका-५, शान्तिबजार बस्ने वर्ष अन्दाजी ५४ की अम्बिका भट्टलाई ठक्कर दिई घाईते भई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौं ग्रीनसिटि अस्पताल पठाईएकोमा निजलाई चिकित्सकले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।