प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बसले अटोलाई ठक्कर दिदा एक बालिकाको मृत्यु

२०७९-०७-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१२ स्थितमा स्मार्ट बैंकुट अगाडी भरतुरबाट टाँडी तर्फ आउँदै गरेको ना ८ख ७३१९ नं.को बसले विपरीत दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ह १८८३ नं.को अटोलाई ठक्कर दिएको छ । दुर्घटनामा परी अटोमा सवार खैरहनी नगरपालिका बस्ने २५ वर्षीय पुणिमा थापा मगरको टाउकोमा चोट अवस्था मध्यम, निजको छोरी ३ वर्षीय एरिका पुन मगर बाहिरी चोट नदेखिएको अवस्था गम्भिर रहेको र राप्ती नगरपालिका-११ बस्ने ५० वर्ष कमला सारु मगरको दाहिने हातमा चोट अवस्था मध्यम रहेको छ । घाईतेहरुको उपचार भरतपुर सरकारी अस्पतालमा भईरहेकोमा गम्भिर घाईते भएकी एरिका पुन मगरको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना बारे थप अनसुन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।
२०८३-०१-०७

धादिङ, गल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरो हिरोइन सहित भारतीय नागरिक नियन्त्रणमा ।
२०८३-०१-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थित चेकपोष्टमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँच गर्दा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ६३५६ नं. को हाईसको पछाडीको सिटमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने उमेश जैसवालको छोरा वर्ष ४५ को शंकर जैसवालको पछाडी बोक्ने कालो झोलाको पछाडीको पकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।