प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०३-०१

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दार कल्पना नेपालीको कमाण्डमा खटिएको ट्राफिक सहितको ४ जना प्रहरी टोलिले सवारी साधनहरू  चेकजांच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौं तर्फ आउदै गरेको ना.१.ज. ५८८७ न.को हाईसमा सवार सर्लाही लालबन्दि नगरपालिका-५ बस्ने २६ वर्षीय समिर राईले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने Nitrazepam Tablets I.P. 10 mg लेखिएको ट्याब्लेट ठुलो ३३ पत्तामा १५ पिसको दरले जम्मा ४९५ पिस,सानो ४ पत्तामा १० पिसको दरले जम्मा ४० पिस र सानो ३ पत्तामा ५ पिसको दरले १५ पिस गरी जम्मा ४० पत्तामा ५५० पिस ट्याब्लेट  सहित निज समिर राई लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानक कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।