प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट मृत्यु

२०७९-०१-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ नयाँगाउँ बस्ने अन्दाजी २० वर्षीय सुरेन्द्र लम्साल आफ्नै घरमा पाराकुइट नामक बिषादी सेवनबाट बिरामी भएका निजको उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा अवस्था गम्भिर भई थप उपचारको लागि सरकारी अस्पताल भरतपुर चितवन रिफर भएकोमा उपचारको क्रममा निज सुरेन्द्र लम्सालको मृत्यु भएको । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।