प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट मृत्यु

२०७९-०१-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ नयाँगाउँ बस्ने अन्दाजी २० वर्षीय सुरेन्द्र लम्साल आफ्नै घरमा पाराकुइट नामक बिषादी सेवनबाट बिरामी भएका निजको उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा अवस्था गम्भिर भई थप उपचारको लागि सरकारी अस्पताल भरतपुर चितवन रिफर भएकोमा उपचारको क्रममा निज सुरेन्द्र लम्सालको मृत्यु भएको । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मानिस मृत्यु
२०८३-०५-२५

चितवन, रत्ननगर नगरपालिका-३ पुरानो यमहा सोरुम अगाडी पुर्व पश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना३ ख ५१८७ नम्बरको फुटकर लोड ट्रकले खैरहनीबाट टाँडी तर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ४३ को दिपेन्द्र बर्तौला घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाएको , सोही स्कुटर सवार ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३९ को पृतम मोक्तानको शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागी स्थानिय बकुलहर हस्पिटल टाँडीमा पठाएकोमा उपचारको क्रममा  चिकित्सकले मृत्यु घोषणा गरेको छ, ट्रक चालक जिल्ला पर्सा कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष अन्दाजी ३६ को रन्जित कुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनसन्धान कार्य भई रहेको छ ।  

भोटेकोशी बाढी अपडेट: १ हजार ३ सय ६५ जनाको शव फोला
२०८३-०५-२४

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ :०० बजे सम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७४ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६५ जनाको शव फेला परेको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ । 

आत्मादाह प्रयास गरे सम्बन्धी
२०८३-०५-२३

२०८३।०५।२३ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ३ सातदोबाटो चोक स्थित जिल्ला रामेछाप गोकुलगांगा गाँउपालिका- १ चुचुरे घर भई हाल जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ६ स्थित रहेको गुन्द्रुक थकाली चार्जिङ स्टेसनमा काम गर्ने बर्ष अन्दाजी २५/२६ को  बिमल खत्री बा.प्र.०२०३३ प ३७३७ नं. को स्कुटरमा तामाकोशी तर्फ बाट आई अचानक स्कुटर रोकी लडाई  स्कुटरबाट पेट्रोल निकाली आफ्नो शरिरमा छर्की रहेको अवस्थामा स्थानिय र प्रहरी टोलिले देखी तत्काल उद्धार गरी उपचारको लागि पशुपति चौलागाई स्मृति अस्पताल दोलखा पठाएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।