ब्राउन सुगर सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०६-१४
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-७
पोखरे स्थितमा प्रहरी टोलीले सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ईटहरीबाट
काठमाण्डौं तर्फ जाँदै गरेको चालक जिल्ला सप्तरी सुनसरी बराहक्षेत्र नगरपालिका-१०
बस्ने बर्ष ४३ को राजु बिष्टले चलाई ल्याएको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई
रोकी चेकजांच गर्दा उक्त हायसमा सवार जिल्ला सप्तरी साविक लालपट्टी-२ हाल जिल्ला
सप्तरी छिन्नमस्त गाउँपालिका-४ बस्ने बर्ष ३२ को कृष्ण कुमार यादब र सोही स्थान बस्ने
बर्ष २१ को देबेन्द्र यादबको साथबाट कालो प्लास्टिकमा पोकापारी लुकाई-छिपाई ल्याउँदै
गरेको अवस्थामा लागु-औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ५ ग्राम ०३ मिलिग्राम फेला पारी निजहरुलाई
नियन्त्रनमा लिई थप अनुसन्धान भईरहेको ।