प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ब्राउन सुगर सहित २ मानिस नियन्त्रणमा ।

२०८३-०६-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थितमा प्रहरी टोलीले सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ जाँदै गरेको चालक जिल्ला सप्तरी सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने बर्ष ४३ को राजु बिष्टले चलाई ल्याएको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई रोकी चेकजांच गर्दा उक्त हायसमा सवार जिल्ला सप्तरी साविक लालपट्टी-२ हाल जिल्ला सप्तरी छिन्नमस्त गाउँपालिका-४ बस्ने बर्ष ३२ को कृष्ण कुमार यादब र सोही स्थान बस्ने बर्ष २१ को देबेन्द्र यादबको साथबाट कालो प्लास्टिकमा पोकापारी लुकाई-छिपाई ल्याउँदै गरेको अवस्थामा लागु-औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ  ५ ग्राम ०३ मिलिग्राम फेला पारी निजहरुलाई नियन्त्रनमा लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

७१ औ प्रहरी दिवस २०८३ को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम
२०८३-०६-१७

जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ कुर्लेदमार खेल मैदानमा “७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडा मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानिय सर्वसाधरण, बाहालवाला तथा पुर्व प्रहरी कर्मचारीको लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम गरिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी ज्युको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता/सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमला, बागमती प्रदेश प्रहरी अस्पताल हेटौडाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.बिकल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, मकवानपुरगढी गाँउपालिकाका जनप्रतिनिधी लगायत स्थानियबासी, पत्रकार, पुर्व प्रहरी कर्मचारी र बाहालवाला कर्मचारी सहित अन्दाजी ५०/६० जनाको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविरको औपचारीक उद्घाटन कार्यक्रम सुरु भएको थियो ।