खोलाले बगाई १ जना मानिसको मृत्यु
२०८३-०६-१३
- A
- A-
- A+
जिल्ला सिन्धुली दुधौली नगरपालिका-१० कर्था बस्ने भदिया
सदाको छोरा बर्ष अन्दाजी ४०/४५ को मोहना सदा गाई बस्तु चराउन गोठालो गएकोमा कमलाखोला
तर्ने क्रममा अचानक कमलाखोलाले बगाई
अन्दाजी २ कि.मि. पश्चिम तर्फ ऐ.ऐ. वडा नं ९ टाडी पुलको किनारामा अचेत अवस्थामा रहेको भन्ने
स्थानितले टेलिफोन मार्फत प्रहरी चौकी दुधौली सिन्धुलीमा जानकारी गराउना साथ उक्त
स्थानमा प्रहरीको टोली खटि गई स्थानिय र
प्रहरीको सहयोगमा उद्दार गरी तत्काल उपचारको लागी दुधौली नगर अस्पताल सिर्थोलीमा
ल्याई चेकजाँच गर्दा चिकित्शकले मृत घोषणा गरेको, थप अनुसन्धान तथा मुचुल्काको
लागी इलाका प्रहरी कार्यालय डकाहाबाट मुचुल्का सहितको टोली खटि गएको, आवश्यक
अनुसन्धान कार्य भईरहेको ।