खैरो हिरोईन सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०६-१३
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उप-महानगरपलिका-१७
जुरेथुम डाँडा स्थित प्रहरी गस्ती टोलीले लागु पदार्थ सेवन गर्दै गरेका हेटौंडा उप-महानगरपालिका-१७
दाबीले बस्ने वर्ष अन्दाजी ३३ को विधान भुजेल र सोही स्थान बस्ने वर्ष अन्दाजी २५
को सरोज मिश्रलाई फेला पारी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा निज विधान
भुजेलको साथबाट सुद्ध तौल ९० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो
पदार्थ फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।