प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी ५० वर्षीय पुरूषको मृत्यु

२०८३-०५-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-३, लामिटार बस्ने वर्ष अन्दाजी ५० को हिरा गोतामेले घर नजिकै करेसाबारीमा घाँस काट्ने क्रममा अचानक पानी तान्ने मोटरमा लगेको बिजुलीको तार काटिन गई करेन्ट लागी गम्भिर घाईते भएको । निजलाई उपचारको लागी CMC हेटौंडा अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धी थप अनुसन्धान कार्य भईहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८३-०५-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, मानेडाँडा स्थित महेश मग्रातिको घरमा डेरा गरि बस्दै आएका हेटौंडा उपमहानगरपालिका-१७, हटिया घर भएको वर्ष अन्दाजी ३४ को संजय रोक्काले कोठाबाट लागुऔषध बिक्री बितरण गर्ने गरेको भन्ने सुचना प्राप्त हुन साथ प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट प्रहरी हवल्दार र इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट प्रहरी नायव निरीक्षको कमाण्डमा प्रहरी टोली खटिगइ निजको कोठामा चेकजाँच गर्दा बिस्तारा मुनि कपडाको थैलिमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ पलास्टिक सहित तौल गर्दा अन्दाजी २ ग्राम ८५० मिलि ग्राम फेला परेको परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय हेटौंडा, मकवानपुर पठाईएको ।