प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-११-२२

  • A
  • A-
  • A+
Share

काभ्रे पनौती नगरपालिका-१ थुम्की स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।

 प्रहरी चौकी खोपासी बाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले  सोही नगरपालिका-१ थुम्की स्थित बस्ने ४५ वर्षीय रामकृष्ण के.सी.को घरमा शंकास्पद अवैध रुपमा लुकाई छिपाई बोरा भित्र राखिएको अवस्थामा अन्दाजी ५\७ किलोग्राम लागुऔषध गाँजा फेला पारेको थियो । उक्त लागुऔषध गाँजा सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।