फरार प्रतिवादीहरु पक्राउ सम्बन्धमा
२०८३-०५-२९
- A
- A-
- A+
मिति २०८३।०५।२९ गते खटिएको प्रहरी
टोलीले छुट्टा-छुट्टै मुद्दाका २ जना फरार प्रतिवादीहरु नकवजनी चोरी मुद्धामा ७
महिना कैद र रु.६,०००/- जरिवाना भई फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१
चौकीटोल बस्ने वर्ष अन्दाजी २३ को शनि भन्ने सनिश श्रेष्ठ र जवरजस्ती करणी
उद्योगमा मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई वारदात पश्चात फरार
रहेको प्रतिवादी जिल्ला मकवानपुर बकैया गाँउपालिका-०७
कोलखारे बस्ने वर्ष अन्दाजी ३० को लिला सिलवाललाई ऐ. बागमति
गाँउपालिका-०८ शान्तिपुर चोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।