फरार प्रतिवादी पक्राउ
२०८३-०५-२९
- A
- A-
- A+
मिति २०८३।०५।२९ गते अन्दाजी १९:४० बजेको
समयमा खटिएको प्रहरी टोलिले श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालय बैदेशिक
रोजगार विभागको च.नं. ७६४० मिति २०८२।०८।१९ को पत्रादेश अनुसार बैदेशिक रोजगार
सम्बन्धि कसुर मुद्दामा फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-११
घर भई हाल ऐ. मनहरी गाँउपालिका-३ पालदमार माईतीघरमा बस्ने बर्ष अन्दाजी ३७ कि
प्रमिला अर्याल खनाललाई निजकै माईती घरबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला
प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।