प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित दुई जना मानिस नियन्त्रणमा

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

सिन्धुली कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको ट्राफिक सहितको टोली, लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबास र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा केनाई शाखामा खटिएको तालिम प्राप्त कुकुर जुनु (लागूऔषध खोजी गर्ने) सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नम्बरको हायसमा सवार जिल्ला सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने वर्ष अन्दाजी २४ को उज्जल कार्कीको ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा SPASTAIN-43 tablet, Tramadol-43 tablet, र निजले साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३२० मिलिग्राम फेला परेको हो । त्यस्तै धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७७९५ नम्बरको हायसमा सवार जिल्ला कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको ब्यागभित्र लुकाई छिपाई ल्याएको लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३.१५० ग्राम फेला परेको हो । उक्त लागूऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।