प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काठ सहित सवारी नियन्त्रणमा

२०७८-१०-२०

  • A
  • A-
  • A+
Share

चितवन, ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सुराकीको आधारमा राप्ती नगरपालिका-६ पम्फापुल नजिक पुर्व पश्चिम राजमार्गमा राप्ती नगरपालिका-१० दोबाटे तर्फबाट आईरहेको बागमती प्रदेश, ०३, ००१ च १३७१ नम्बरको टाटा योद्दा भ्यानलाई रोक्न खोज्दा नरोकी खैरहनि तर्फ भगेकोमा प्रहरीले पिछा गर्दै जाँदा खैरहनि नगरपालिका-१ सिमलघारीबाट उक्त गाडिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडिमा लुकाई छिपाई ल्याएको सालको चिरेको तयारी काठ अन्दाजी २९ क्यू . फिट फेला परेको, उक्त गाडि, बरामद भएको सालको काठ र चालक सहित निम्न ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

                                                निम्नः-

१.     चालक जिल्ला चितवन रत्ननगर नगरपालिका-४ वस्ने बर्ष ३३ को राजकुमार मर्दनिया

२.     सवार जिल्ला चितवन, राप्ती नगरपालिका-१० वस्ने बर्ष २० को योगेन्द्र चेपाङ

३.     जिल्ला चितवन कालिका नगरपालिका-११ वस्ने बर्ष २१ को रामलाल चेपाङ

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।