प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोजेटिभको मृत्यु

२०७८-१०-०९

  • A
  • A-
  • A+
Share

चितवन. भरतपुर माहानगरपालिका-१० स्थित रहेको भरतपुर अस्पतालमा ;एक महिलाको कोरोना पोजेटिभ भई मृत्यु भएको छ ।

मृत्यु हुने सोहि स्थित बस्ने २४ वर्षीय रोशनी बास्ताकोटी रहेकी छिन् । निज निमोनिया सम्बन्धि बिरामी भई पुरानो मेडिकल कलेज भरतपुरमा PCR परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । बिरामी निज रोशनी बास्ताकोटी भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार गराईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले शव व्यवस्थापनको लागि हस्पिटल प्रशासन सँग समन्वय गरी व्यवस्थापन कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।