प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एक दिवसिय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८१ सम्पन्न ।

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती  प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा जिल्ला काभ्रे, धुलिखेल स्थित धुलिखेल लज एण्ड रिसोर्टको  सभाहलमा माननीय  आन्तरिक मामिला तथा कानून मन्त्री  सुरज चन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।

गोष्ठीमा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यू, उच्च अदालत पाटन ललितपुरका माननीय न्यायाधीश श्याम कुमार भट्टराइज्यू, मुख्य न्यायाधिवक्ता सुकदेव काफ्लेज्यू,  काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, सहन्यायाधिवक्‍ता सुर्य राज दाहालज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माज्यू, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रहरी नायव महानिरीक्षक अरूण पौडेलज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यू हरू, जिल्ला न्यायाधिवक्ताज्यू, जिल्ला प्रहरी कार्यालय एवं कसूको अनुसन्धान गर्ने प्रमुखहरु तथा अनुसन्धान अधिकृतहरू, नेपाल पत्राकार महासघं काभ्रेका अध्यक्षय लगायत संचारकर्मीज्यूहरुको उपस्थिती रहेको थियो।

गोष्ठीलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना  निर्माण र अपराध अनुसन्धानमा आवश्यक स्रोत र साधनको व्यवस्थापनमा बागमती प्रदेश सरकारले  नियमित रुपमा  सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही क्रममा प्रहरी महानिरीक्षकज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । 

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, महान्यायाधिवक्‍ताको कार्यालय, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालयहरूको तर्फबाट प्रस्तुत गरिएको प्रस्तुतिकरण पश्‍चात नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतज्यूले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी  नायब महानिरीक्षक  कृष्ण हरि शर्माज्यूले अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतज्यूलाई मायाको चिनो प्रदान गरी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । 

सम्बन्धित समाचार
रसुवा बाढी: हालसम्म ७४७ जनाको शव फेला
२०८३-०५-१९

रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रवार बिहान ०६:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ सय ४७ जनाको शव फेला परेको छ ।  जसमध्ये महिला १६० जना, बालिका २० जना, पुरुष २८३ जना, बालक ११ जना र नखुलेको २७३ जना रहेको मुचुल्ला गर्न बाँकी शवहरूको मुचुल्का कार्य भईरहेको । भेटिएका शवहरु मध्ये ५४ जनाको सनाखत भई सम्बन्धितलाई जिम्मा दिइसकिएको, हालसम्म  महिला १५१२ जान, पुरुष २७१३ जना  र घाईते अवस्थामा ८३ गरी कुल ४३०८ जना लाई उद्दार  गरि सुरक्षित स्थानमा राखिएको, सालसम्म मौखिक र लिखित रुपमा गरी ३२४० जनाले मानिस हराएको उजुरी प्राप्त भएको, पहिचान नभएको शवहरुको विवरण नेपाल प्रहरीको वेबसाईट अपलेड गरिएको, प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।

खोलाले बगाई १ जना महिलाको मुत्यु
२०८३-०५-१९

मिति २०८३।०५।१८ गते अन्दाजी १९:२० बजेको समयमा जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०५ बोटबारी स्थितमा रहेको मनहरी खोलाले जिल्ला मकवानपुर कैलाश गाँउपालिका ७ डुम्बरे बस्ने बर्ष अन्दाजी ६० की कान्छि माँया चेपाङलाई (जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०३ आउले माईती घरबाट आफ्नो घर तर्फ जाने क्रममा) खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली खटि गई राक्सिराङ गाँउपालिकाको नगर प्रहरी संग समन्वय गरी खोजतलास गर्ने क्रममा मिती २०८३।०५।१९ गते अन्दाजी ०७:१० बजेको समयमा बगाई बेपत्ता भएकी महिलालाई बगाएको स्थान बाट अन्दाजी ५ कि.मि. तल जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ५ ठाडे स्थित मनहरी खोलामा मृत अबस्थामा फेला पारेको, मृतकको आफन्त घटनास्थलमा आईसकेको, थप अनुसन्धान तथा मुचुल्काको लागी (soco) सहितको प्रहरी टोलि पुगि आवस्यक अनुसन्धान कार्य भईरहेको ।