प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एक दिवसिय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८१ सम्पन्न ।

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती  प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा जिल्ला काभ्रे, धुलिखेल स्थित धुलिखेल लज एण्ड रिसोर्टको  सभाहलमा माननीय  आन्तरिक मामिला तथा कानून मन्त्री  सुरज चन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।

गोष्ठीमा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यू, उच्च अदालत पाटन ललितपुरका माननीय न्यायाधीश श्याम कुमार भट्टराइज्यू, मुख्य न्यायाधिवक्ता सुकदेव काफ्लेज्यू,  काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, सहन्यायाधिवक्‍ता सुर्य राज दाहालज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माज्यू, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रहरी नायव महानिरीक्षक अरूण पौडेलज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यू हरू, जिल्ला न्यायाधिवक्ताज्यू, जिल्ला प्रहरी कार्यालय एवं कसूको अनुसन्धान गर्ने प्रमुखहरु तथा अनुसन्धान अधिकृतहरू, नेपाल पत्राकार महासघं काभ्रेका अध्यक्षय लगायत संचारकर्मीज्यूहरुको उपस्थिती रहेको थियो।

गोष्ठीलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना  निर्माण र अपराध अनुसन्धानमा आवश्यक स्रोत र साधनको व्यवस्थापनमा बागमती प्रदेश सरकारले  नियमित रुपमा  सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही क्रममा प्रहरी महानिरीक्षकज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । 

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, महान्यायाधिवक्‍ताको कार्यालय, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालयहरूको तर्फबाट प्रस्तुत गरिएको प्रस्तुतिकरण पश्‍चात नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतज्यूले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी  नायब महानिरीक्षक  कृष्ण हरि शर्माज्यूले अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतज्यूलाई मायाको चिनो प्रदान गरी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।