प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको प्रशासनिक भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको छ । आज मिति २०८१।११।२० गते आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साथै उक्त कार्यक्रममा माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीज्यू, बागमती प्रदेश सभाका माननीय सदस्यज्यू, जिल्ला समन्वय समितिका पदाधिकारीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकज्यू, जिल्ला सुरक्षा समिति सिन्धुलीका पदाधिकारीज्यूहरु, सिन्धुली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।