प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको प्रशासनिक भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको छ । आज मिति २०८१।११।२० गते आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साथै उक्त कार्यक्रममा माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीज्यू, बागमती प्रदेश सभाका माननीय सदस्यज्यू, जिल्ला समन्वय समितिका पदाधिकारीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकज्यू, जिल्ला सुरक्षा समिति सिन्धुलीका पदाधिकारीज्यूहरु, सिन्धुली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।