प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६, चोक बजार स्थित गोप्य सुचनाका आधरमा इलाका प्रहरी कार्यालय गितानगर चितवनबाट प्रहरी सहायक हवल्दारको कमाण्डा खटिएको टोलीले राधापुरबाट चोक बजार तर्फ आउँदै गरेको ना २ ह १५५३ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक भरतपुर महानगरपालिका-१४, वस्ने वर्ष २१ को सुसन वि.क.को साथबाट ट्रामाडोल ३५ क्यापसुल, प्रोमेथ ५७ ट्यापलेट फेला परेको थियो । अटो र निजलाई लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।