प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०८-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२, कल्याणटार बस्ने दिपेन्द्र पक्रौलाको छोरा वर्ष अन्दाजी २२ को उज्वल पक्रौलाले NAYAK नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल ल्याईएकोमा सामान्य उपचार पश्चात सोही दिन थप उपचारको लागी टिचिङ अस्पताल काठमाण्डौ रिफर गरीएकोमा उपचार पश्चात अस्पतालबाट डिस्चार्ज गरी घर ल्याई राखेकोमा मृत्यु भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१

जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलिले जिल्ला सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ३५ को बिजय तोलाङ्गेको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक १.६५० मिली ग्राम र नगद रु.३०,६८०।– (तिस हजार छ सय असि) फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र ऐ. स्थितमा संजिव देवकोटाको घर खान तलासी गर्दा निजको घरबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक ४.१६० मिलि ग्राम र नगद रु. ३१,५००।– (एकतिस हजार पाचँ सय) फेला पारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, संजिव देवकोटा घरमा फेला नपरेकोले आवश्यक खोजतलास कार्य भईरहेको ।

गाडी दुर्घटनामा ४ जानको मुत्यु र सवारी चलकक सहित ४ जना गम्भिर घाईते
२०८३-०५-३०

जिल्ला मकवानपुर इन्द्रसरोबर गाँउपालिका-२ सुकौरा स्थित हेटौडा भिमफेदी कुलेखानी फाखेल सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आँउदै गरेको म.प्र.०३-००१ ज ०७२० नं.को यात्रु बाहक EV गाडी सडकबाट अन्दाजी १००० मिटर तल खसी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली, नेपाली सेनाको टोली र शसस्त्र बिपद ब्यवस्थापन बेस कुलेखानीबाट शसस्त्र प्रहरीको टोली खटिगई उद्धार कार्य गरेको, गाडीमा चालक सहित ८ जना (६ जना पुरुष २ जना महिला)  सवार रहेकोमा ४ जना पुरुषको घट्ना स्थलमानै मृत्यु भएको, चलाक सहित ३ जनालाई ट्रमा सेन्टर काठमाडौ र १ जान लाई हेटौडा अस्पताल मकवानपुर पठाईएको, घाईतेहरुको उपचार तथा आवश्यक अनुसन्धान कार्य भई रहेको ।

लागुऔषध सेवन गर्ने चालक नियन्त्रण
२०८३-०५-३०

सिन्धुपाल्चोक चौतारा सागागढि नगरपालिका-११ बन्देउ स्थित अरनिको राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सि.पा., प्रहरी चौकीबन्देउ सि.पा.  र चौतारा सागागढि नगरपालिकाका स्वास्थय कर्मी १ जना सहित संयुक्त चेकिङ टोलीले २० वटा  सवारी चालकहरुलाई लागुऔषध पदार्थ सेवन र मा.प.से. स्वास्थ्य परिक्षण गर्दा बा.प्र.०६-००१ ज ७४७ नं.को EV चालक जिल्ला काभ्रे भुङ्लु गाँउपालिका-८ बस्ने बर्ष अन्दाजी २९ को सत्यनारायण आरनको ला.प.से. पोजेटिभ देखिएकोले निज लाई नियन्त्रणमा लिई कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय सि.पा. तर्फ पठाएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।