प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल आफै पल्टिदा चालकको मृत्यु

२०८१-०७-१६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२२, अम्रेलास्टेट नजिक बा.प्र.०२-०५१प १०२१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-२२ बस्ने ३१ वर्षीय अशोक भुजेल गम्भिर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल धनी भरतपुर महानगरपालिका-२२ बस्ने २२ वर्षीय सुदिप आले मगर र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।