प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१३, गंगानगर स्थित सुकदेव वि.क.को छोरा वर्ष ४७ को सोम बहादुर वि.क.को घरमा लागुऔषध गाँजा छ भन्ने गोप्य सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट  प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गई घर खानतलासी गर्दा निजको घरबाट लागुऔषध गाँजा २ किलो ४०० ग्राम फेला परेको । निज सोम बहादुर वि.क. र सोहि बस्ने वर्ष ४५ को सुर्य बहादुर बि.क.लाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।