प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१३, गंगानगर स्थित सुकदेव वि.क.को छोरा वर्ष ४७ को सोम बहादुर वि.क.को घरमा लागुऔषध गाँजा छ भन्ने गोप्य सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट  प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गई घर खानतलासी गर्दा निजको घरबाट लागुऔषध गाँजा २ किलो ४०० ग्राम फेला परेको । निज सोम बहादुर वि.क. र सोहि बस्ने वर्ष ४५ को सुर्य बहादुर बि.क.लाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।