प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित २ जना पक्राउ

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-१३, रोटेपिङ स्थित प्रहरी चौकी तेमालबेशीबाट प्रहरी टोली गस्ति जाने क्रममा भरुवा बन्दुक थान-१ बोकी ल्याईरहेको २ जना जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३, रोटेपिङ बस्ने बर्ष अन्दाजी २८ वर्षीय उमेश राज उप्रेती र सोही ठेगाना बस्ने वर्ष १७  को सुदिप दिपालीले भरुवा बन्दुक गोरेटो बाटोमा फाली फरार भएकोमा निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।