प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस लडी मृत्यु

२०८१-०२-३०

  • A
  • A-
  • A+
Share

नुवाकोट, पन्चकन्या गाउँपालिका-४, धाराटोल बस्ने अन्दाजी ६० वर्षीय केदार नरसिंह तामाङ लामाटोल स्थितमा निर्माणधीन रहेको गुम्बा हेर्न बाँसको भर्‍याङबाट माथी चढ्न खोज्दा भर्‍याङबाट चिप्लियर लडी मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।