प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी खोला स्थित बगरमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ति टोलिले राक्सिराङबाट मनहरी तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका-८, रमौली बस्ने अन्दाजी ४२ वर्षीय नागेन्द्र महत्तोलाई शंका लागी चेकजाँच गर्ने क्रममा पछाडी भिर्ने कालो झोलाभित्र रातो प्लाष्टिकले बेरेर लुकाई छिपाई ल्याइएको लागुऔषध गाँजा २ किलो ७०० ग्राम फेला पारी उक्त लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।