प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-२३

  • A
  • A-
  • A+
Share

 धादिङ, रोराङ गाउँपालिका-९ जोगीमारा स्थित पृथ्वीलोकमार्ग विशेष सूचनाको आधारमा टोलीले बिरगंजबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६८९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-३ बस्ने बर्ष ४१ को मोहन प्रसाद कुर्मी र सोही स्थान बस्ने वर्ष ३५ की प्रतिमा देविको साथमा रहेको सुटकेश भित्र ७८४०० पत्ता लागु औषध ट्रामा हाईड्रोक्लोराईड क्यापसुल सहित निजहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।