प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-२३

  • A
  • A-
  • A+
Share

नुवाकोट, मेगाङ गाउँपालिक-२ रालुका स्थित एक युवकको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-२ रालुका बस्ने खेस बहादुर तामाङको छोरा २० वर्षीय आशीष  तामाङ रहेका छन् । निज घर देखि भैसीलाई घाँसपानी खुवाउन भनी हिडेकोमा घर फर्की नआई वेपत्ता भएका थिए । वेपत्ता भएका निजको खोजतलाश गर्दै जाने क्रममा निज आफ्नो घर देखि अन्दाजी २ कि.मि.पश्चिम तर्फ रहेको खत्ले खोला जंगलमा कटुसको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

घटनास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको ।