प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, आईटी पार्क स्थित पनौती बनेपा सडक खण्डमा प्रहरी चौकी पनौतीबाट खटिएको चेकिङ टोलिले सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडी चेकजाँच गर्दा उक्त गाडीमा अप्रशोधित गाँजा प्लाष्टिकको विभिन्न साईजको ७३ बोरामा २८५ किलोग्राम फेला परेको हुदाँ गाडी सहित उक्त गाडीमा सवार जिल्ला नुवाकोट, बिरकोट नगरपालिका-११ घर भई हाल काठमाण्डौं बालाजुमा डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, जिल्ला रामेछाप, रामेछाप नगरपालिका-८, घर भई हाल काठमाण्डौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजिब तामाङ र सोही ठेगाना घर भई सोही ठेगाना बस्ने ५३ वर्षीया बिमला तामाङलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
धादिङमा लागुऔषध गाँजा र अफिम सहित दुई जना मानिस पक्राउ
२०८२-१२-२९

धादिङ गजुरी गाउँपालिका-१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडक खण्डमा विशेष सुराकीको आधारमा यस इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरीतर्फ आउदै गरेको बा ५ ख ७५३७ नम्बरको आईचरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कालो त्रिपालले छोपेको ९ ( नौ ) वटा सेतो कलरको बोराभित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरी पोका पारी राखेको अवस्थामा २८६ किलो ४०० ग्राम लागुऔषध गाँजा र २०० ग्राम अफिम जस्तो देखिने चिजवस्तु फेला परेको हो । उक्त लागूऔषध गाँजा र अफिम जस्तो देखिने चिजवस्तु भेटिए पश्चात आईचर चालक र आईचरमा सवार एक व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा आईचर चालक जिल्ला धादिङ नीलकण्ठ न.पा. ८ बस्ने हिरालाल बि.क. को छोरा वर्ष अन्दाजी २२ को अम्मर बि.क. र आईचरमा सवार जिल्ला धादिङ सिद्वलेक गा.पा.-५ बस्ने लाल बहादुर बि.क. को छोरा वर्ष अन्दाजी १९ को होम बहादुर बि.क. रहेको छ । यस घटनामा थप अनुसन्धान कार्य भई रहेको छ ।