प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

डुबी मृत्यु

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखुतामाकोसी गाउँपालिका-६ पाखाबारी स्थित तामाकोसी नदि तर्ने क्रममा नदिले बगाई एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने टक बहादुर कार्कीको श्रीमती ४९ वर्षीय एकमाया कार्की रहेकी छिन् । निज बगरबेसी स्थितबाट, सानिमा हाइड्रोको हाईटेशन लाईनको सामान ओसारपसार गर्न ४ वटा ड्रम डोरीले बाँधेर बनाएको फेरी (डुङ्गा) मा आफुखुसी चढी तामाकोसी नदी तर्ने क्रममा ड्रम बाँधेको डोरी फुस्किन गई तामाकोसी नदीले बगाई मृत्यु भएको थियो । प्रहरीले स्थानियको सहयोगमा निजको खोजतलाश गर्ने क्रममा अन्दाजी ५०० मिटर तल उक्त नदिको किनारमा मृत अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा लाशजाँच मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।