प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८०-०८-१४

  • A
  • A-
  • A+
Share

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मूल नाराको साथ मंसिर ९ गते देखि मंसिर २४ गते सम्म संचालन भईरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख किरण राणाज्यूको प्रमुख आतिथ्यतामा सरोकारवाला निकायहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूबाट बागमती प्रदेश मातहत जिल्लाहरूमा भएको लैङ्गिक हिंसाको अवस्था, चुनौती लगायतको विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लैङगिक हिंसासंग सम्वन्धित विषयहरूमा पत्रकारज्यूहरू, विभिन्न सरोकारवाला संघ सस्थाका पदाधिकारीज्यूहरू, स्थानीय जनप्रतिनिधिज्यूहरूबाट उठेका जिज्ञासा, विषयवस्तुहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट सम्वोदन गर्नु भएको थियो ।

 बागमती प्रदेश प्रहरी प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, पत्रकारज्यूहरु, गैह्र सरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्षज्यू, स्थानीय जनप्रतिनिधिज्यूहरु, सामुदायिक केन्द्रका पदाधिकारीज्यूहरु, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका प्रतिनिधीज्यू लगायत विभिन्न सरोकारवाला संघ संस्थाका पदाधिकारीज्यूहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेत गरी जम्मा ७२ जनाको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।