प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा बिरामी भई उपचारको क्रममा एकको मृत्यु

२०८०-०८-०५

  • A
  • A-
  • A+
Share

दोलखा, जिरि नगरपालिका-६, रेन्जि बस्ने सुर्य जिरेलको घरमा नाम थर, वतन, केही नखुलेको वर्ष अन्दाजी ६०/६५ को जस्तो देखिने पहाडी मुलुकको पुरुष व्यक्ति घ्यावाभोज खान आएको र निजलाई बिरामी अवस्थामा देखी तत्काल उपचारको लागी जिरि अस्पताल दोलखा लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।