प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखा:- कुटपिट गरी मृत्यु

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

मङ्सिर ६, भिमेश्वर नगरपालिका-४ जिलु बस्ने वर्ष अन्दाजी ५७ को बिष्णु श्रेष्ठले माद्यक पदार्थ सेवन गरी सोहि बस्ने  वर्ष अन्दाजी ७२ को ज्ञान बहादुर मङरातीलाई घरमै गई लाठीले शरीर भरी कुटपिट गर्दा गम्भिर घाईते भएका निजको उपचारको लागी सामुदायीक अस्पताल चरिकोट ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको, कुटपिट गरी फरार रहेका बिष्णु श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
ब्राउन सुगर सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०६-१४

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थितमा प्रहरी टोलीले सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ जाँदै गरेको चालक जिल्ला सप्तरी सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने बर्ष ४३ को राजु बिष्टले चलाई ल्याएको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई रोकी चेकजांच गर्दा उक्त हायसमा सवार जिल्ला सप्तरी साविक लालपट्टी-२ हाल जिल्ला सप्तरी छिन्नमस्त गाउँपालिका-४ बस्ने बर्ष ३२ को कृष्ण कुमार यादब र सोही स्थान बस्ने बर्ष २१ को देबेन्द्र यादबको साथबाट कालो प्लास्टिकमा पोकापारी लुकाई-छिपाई ल्याउँदै गरेको अवस्थामा लागु-औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ  ५ ग्राम ०३ मिलिग्राम फेला पारी निजहरुलाई नियन्त्रनमा लिई थप अनुसन्धान भईरहेको ।

खोलाले बगाई १ जना मानिसको मृत्यु
२०८३-०६-१३

जिल्ला सिन्धुली दुधौली नगरपालिका-१० कर्था बस्ने भदिया सदाको छोरा बर्ष अन्दाजी ४०/४५ को मोहना सदा गाई बस्तु चराउन गोठालो गएकोमा कमलाखोला तर्ने क्रममा अचानक कमलाखोलाले  बगाई अन्दाजी २ कि.मि. पश्चिम तर्फ ऐ.ऐ. वडा नं ९  टाडी पुलको किनारामा अचेत अवस्थामा रहेको भन्ने स्थानितले टेलिफोन मार्फत प्रहरी चौकी दुधौली सिन्धुलीमा जानकारी गराउना साथ उक्त स्थानमा  प्रहरीको टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा उद्दार गरी तत्काल उपचारको लागी दुधौली नगर अस्पताल सिर्थोलीमा ल्याई चेकजाँच गर्दा चिकित्शकले मृत घोषणा गरेको, थप अनुसन्धान तथा मुचुल्काको लागी इलाका प्रहरी कार्यालय डकाहाबाट मुचुल्का सहितको टोली खटि गएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।