प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखा:- कुटपिट गरी मृत्यु

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

मङ्सिर ६, भिमेश्वर नगरपालिका-४ जिलु बस्ने वर्ष अन्दाजी ५७ को बिष्णु श्रेष्ठले माद्यक पदार्थ सेवन गरी सोहि बस्ने  वर्ष अन्दाजी ७२ को ज्ञान बहादुर मङरातीलाई घरमै गई लाठीले शरीर भरी कुटपिट गर्दा गम्भिर घाईते भएका निजको उपचारको लागी सामुदायीक अस्पताल चरिकोट ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको, कुटपिट गरी फरार रहेका बिष्णु श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।