प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण २०८० सम्पन्न‍

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९ मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू, प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौंडा र प्रहरी चौकी ठुलोदमार, मकवानपुरको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यवस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यवस्थापन, सरसफाई, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यासरचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा बागमती प्रदेश प्रहरी गण हेटौंडाको प्राङ्गणमा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो ।

    निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यवसायीक, निष्ठावान् भई काम गर्न तथा कार्य सम्पादन स्तर सुधार गर्न आत्मविश्वासका साथ सीपमूलक क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेपालको जुनसुकै भूभागमा भए पनि प्रहरी सबै एउटै हो र सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनामा काम गर्न निर्देशन दिनुका साथै आन्तरिक शुद्धीकरणलाई  समेत प्राथमिकता दिनुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

        साथै निरीक्षण भ्रमणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लाका सञ्चारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारीज्यूहरूसँग शान्ति सुरक्षाको अवस्था, गुनासो तथा सुझावहरू सहितको छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

सम्बन्धित समाचार
रसुवा बाढी: हालसम्म ७४७ जनाको शव फेला
२०८३-०५-१९

रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रवार बिहान ०६:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ सय ४७ जनाको शव फेला परेको छ ।  जसमध्ये महिला १६० जना, बालिका २० जना, पुरुष २८३ जना, बालक ११ जना र नखुलेको २७३ जना रहेको मुचुल्ला गर्न बाँकी शवहरूको मुचुल्का कार्य भईरहेको । भेटिएका शवहरु मध्ये ५४ जनाको सनाखत भई सम्बन्धितलाई जिम्मा दिइसकिएको, हालसम्म  महिला १५१२ जान, पुरुष २७१३ जना  र घाईते अवस्थामा ८३ गरी कुल ४३०८ जना लाई उद्दार  गरि सुरक्षित स्थानमा राखिएको, सालसम्म मौखिक र लिखित रुपमा गरी ३२४० जनाले मानिस हराएको उजुरी प्राप्त भएको, पहिचान नभएको शवहरुको विवरण नेपाल प्रहरीको वेबसाईट अपलेड गरिएको, प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।

खोलाले बगाई १ जना महिलाको मुत्यु
२०८३-०५-१९

मिति २०८३।०५।१८ गते अन्दाजी १९:२० बजेको समयमा जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०५ बोटबारी स्थितमा रहेको मनहरी खोलाले जिल्ला मकवानपुर कैलाश गाँउपालिका ७ डुम्बरे बस्ने बर्ष अन्दाजी ६० की कान्छि माँया चेपाङलाई (जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ०३ आउले माईती घरबाट आफ्नो घर तर्फ जाने क्रममा) खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली खटि गई राक्सिराङ गाँउपालिकाको नगर प्रहरी संग समन्वय गरी खोजतलास गर्ने क्रममा मिती २०८३।०५।१९ गते अन्दाजी ०७:१० बजेको समयमा बगाई बेपत्ता भएकी महिलालाई बगाएको स्थान बाट अन्दाजी ५ कि.मि. तल जिल्ला मकवानपुर राक्सिराङ गाँउपालिका ५ ठाडे स्थित मनहरी खोलामा मृत अबस्थामा फेला पारेको, मृतकको आफन्त घटनास्थलमा आईसकेको, थप अनुसन्धान तथा मुचुल्काको लागी (soco) सहितको प्रहरी टोलि पुगि आवस्यक अनुसन्धान कार्य भईरहेको ।