प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट महिलाको मृत्यु

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१० बस्ने अन्दाजी ६० वर्षीया दलमाया भुजेलले 'आँधि-५५५' नामक किटनाषक बिषादी सेवन गरी अवस्था गम्भीर भएकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा जिल्ला अस्पताल सिन्धुलीले सुविधा सम्पन्न अस्पतालमा लगि उपचार गराउन भनि रेफर गरिदिएकोले बर्दिबास स्थित जनसेवा अस्पतालमा लगी भेन्टिलेटरमा राखी उपचार गराई रहेकोमा निजको अवस्था सुधार हुन नसक्ने भनि डाक्टरले भनेकोले आफन्तले घर फिर्ता ल्याउने क्रममा निज महिलाको बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।