प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी पदमपोखरी, मकवानपुरको भवन समुद्घाटन

२०८०-०५-२९

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी पदमपोखरी, मकवानपुरको भौतिक संरचना समुद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । बागमती प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मोक्तानज्यू,  मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुर्य प्रसाद सेढाईज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव श्री दिपक प्रसाद न्यौपानेज्यू जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्री सीताराम रिजालज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानिय व्यक्तित्वहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।


सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।