प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर राक्सिराङ गाउँपालिका-३, दमार स्थित प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलिले पैदल यात्री जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने वर्ष अन्दाजी ३८ को टेक बहादुर तामाङलाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी १०kg फेला पारी निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर मनहरी गाउँपालिका-६, खयरघारी स्थित प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलिले ना३२प २९५५ नम्बरको मोटरसाइकल चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने वर्ष अन्दाजी २९ को सन्त लाल लामालाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा २ kg र नगद रु. ५९,०००।–(अक्षरुपी उनान्साठी हजार मात्र)फेला पारी निजलाई उक्त लागुऔषध गाँजा, नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सेवन गर्ने चालक नियन्त्रण
२०८३-०५-३०

सिन्धुपाल्चोक चौतारा सागागढि नगरपालिका-११ बन्देउ स्थित अरनिको राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सि.पा., प्रहरी चौकीबन्देउ सि.पा.  र चौतारा सागागढि नगरपालिकाका स्वास्थय कर्मी १ जना सहित संयुक्त चेकिङ टोलीले २० वटा  सवारी चालकहरुलाई लागुऔषध पदार्थ सेवन र मा.प.से. स्वास्थ्य परिक्षण गर्दा बा.प्र.०६-००१ ज ७४७ नं.को EV चालक जिल्ला काभ्रे भुङ्लु गाँउपालिका-८ बस्ने बर्ष अन्दाजी २९ को सत्यनारायण आरनको ला.प.से. पोजेटिभ देखिएकोले निज लाई नियन्त्रणमा लिई कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय सि.पा. तर्फ पठाएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

गाडी दुर्घटनामा ४ जानको मुत्यु र सवारी चलकक सहित ४ जना गम्भिर घाईते
२०८३-०५-३०

जिल्ला मकवानपुर इन्द्रसरोबर गाँउपालिका-२ सुकौरा स्थित हेटौडा भिमफेदी कुलेखानी फाखेल सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आँउदै गरेको म.प्र.०३-००१ ज ०७२० नं.को यात्रु बाहक EV गाडी सडकबाट अन्दाजी १००० मिटर तल खसी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली, नेपाली सेनाको टोली र शसस्त्र बिपद ब्यवस्थापन बेस कुलेखानीबाट शसस्त्र प्रहरीको टोली खटिगई उद्धार कार्य गरेको, गाडीमा चालक सहित ८ जना (६ जना पुरुष २ जना महिला)  सवार रहेकोमा ४ जना पुरुषको घट्ना स्थलमानै मृत्यु भएको, चलाक सहित ३ जनालाई ट्रमा सेन्टर काठमाडौ र १ जान लाई हेटौडा अस्पताल मकवानपुर पठाईएको, घाईतेहरुको उपचार तथा आवश्यक अनुसन्धान कार्य भई रहेको ।

फरार प्रतिवादीहरु पक्राउ सम्बन्धमा
२०८३-०५-२९

मिति २०८३।०५।२९ गते खटिएको प्रहरी टोलीले छुट्टा-छुट्टै मुद्दाका २ जना फरार प्रतिवादीहरु नकवजनी चोरी मुद्धामा ७ महिना कैद र रु.६,०००/- जरिवाना भई फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१ चौकीटोल बस्ने वर्ष अन्दाजी २३ को शनि भन्ने सनिश श्रेष्ठ  र जवरजस्ती करणी उद्योगमा मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर बकैया गाँउपालिका-०७ कोलखारे बस्ने वर्ष अन्दाजी ३० को  लिला सिलवाललाई ऐ. बागमति गाँउपालिका-०८ शान्तिपुर चोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।