प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर:- सवारी दुर्घटनामा परी मृत्यु

२०७८-०८-०१

  • A
  • A-
  • A+
Share

मङ्सिर १, हेटौडा उपमहानगरपलिका-९ हनुमानगेट नजिक पुर्वपश्चिम सडकखण्डमा रातोमाटेबाट हेटौडा तर्फ आउँदै गरेको ना ३ च ११९३ नं.को बलेरो गाडीले बिपरित दिशाबाट जाँदै गरेको ना ३४ प ६०४४ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक कैलाश गाउँपालिका-४ कालिकाटार बस्ने वर्ष २४ को अबिरल रिजाल गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोसित गरेको । बलेरो, बलेरो चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको, लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।