प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१०, भडार बस्ने देब बहादुर सुनारको छोरी वर्ष १३ की सिम्पल सुनार घरको दक्षिण साइडमा बाहिर निस्केको काठको निदालमा नाइलनको दाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१, अर्गौटा बस्ने वर्ष ३३ को ढुण्डु राज गिरी आफ्नै घर नजिक रहेको समिको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, इन्द्रसरोबर गाउँपालिका-४, पुरन्डी स्थित मकवानपुर थाहा गाउँपालिका-५ दामन बस्ने बुद्ध मोक्तानको श्रीमती वर्ष अन्दाजी २४ की स्वस्तिका डिमडुङले आफ्नै मईती घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२, स्थित बनसखण्डि सामुदायिक वनमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका-२ घरभई हाल हेटौंडा उपमहानगरपालिका-२ मानसचोक बस्ने वर्ष अन्दाजी ४५ को राजन पौडेल कुकाठको रुखमा नाइलनको डोरीको पासो  लगाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-६, घ्याङचौर स्थित बस्ने वर्ष अन्दाजी ४२ को विश्वजित भण्डारी आफ्नै घर देखि अन्दाजी १०० मिटर पर रहेको दुधिलोको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, राप्ति नगरपालिका-५, घर भई हाल चितवन रत्ननगर नगरपालिका-६ स्थित डेरामा किराना पसल तथा चिया पसल संचालन गरि बस्ने वर्ष अन्दाजी २७ की सृजना मिजार पसलको छानोमा फलामको पाइपमा सलको पासो लगाई झुण्डि मृत्यु अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

 

सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थितमा लागू औषध सेवन गरेर बसिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले फारलाईन स्थितमा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने अन्दाजी २९ वर्षीय साजन थिङ, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-१ बस्ने अन्दाजी ३५ वर्षीय बिनोद प्रजा, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने वर्ष अन्दाजी १८ की सम्झना घलान र जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-३ बस्ने वर्ष १८ की प्राचिन राईको साथबाट लागू औषध ट्रामाडोल लेखिएको २३ ट्यावलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।