प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१०, भडार बस्ने देब बहादुर सुनारको छोरी वर्ष १३ की सिम्पल सुनार घरको दक्षिण साइडमा बाहिर निस्केको काठको निदालमा नाइलनको दाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१, अर्गौटा बस्ने वर्ष ३३ को ढुण्डु राज गिरी आफ्नै घर नजिक रहेको समिको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, इन्द्रसरोबर गाउँपालिका-४, पुरन्डी स्थित मकवानपुर थाहा गाउँपालिका-५ दामन बस्ने बुद्ध मोक्तानको श्रीमती वर्ष अन्दाजी २४ की स्वस्तिका डिमडुङले आफ्नै मईती घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२, स्थित बनसखण्डि सामुदायिक वनमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका-२ घरभई हाल हेटौंडा उपमहानगरपालिका-२ मानसचोक बस्ने वर्ष अन्दाजी ४५ को राजन पौडेल कुकाठको रुखमा नाइलनको डोरीको पासो  लगाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-६, घ्याङचौर स्थित बस्ने वर्ष अन्दाजी ४२ को विश्वजित भण्डारी आफ्नै घर देखि अन्दाजी १०० मिटर पर रहेको दुधिलोको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, राप्ति नगरपालिका-५, घर भई हाल चितवन रत्ननगर नगरपालिका-६ स्थित डेरामा किराना पसल तथा चिया पसल संचालन गरि बस्ने वर्ष अन्दाजी २७ की सृजना मिजार पसलको छानोमा फलामको पाइपमा सलको पासो लगाई झुण्डि मृत्यु अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।