प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०३-३१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले यस कार्यालय मातहत बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको स्थलगत अनुगमन भ्रमण गर्नु भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख राणाले बागमती प्रदेश प्रहरीको प्रमुख प्रहरी प्रशिक्षण केन्द्र दुधौलीमा तालिमरत प्रशिक्षार्थीको कवाज निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । यसै गरी सिन्धुली जिल्ला अन्तर्गत ईलाका प्रहरी कार्यालय भिमान तथा कपिलाकोट समेतको आकस्मिक निरीक्षण एवं अवलोकन गर्नु भएको थियो ।  


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।