प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-६, घुमाउने चैनपुर नजिक वि.पि. राजमार्गमा काठमाण्डौंबाट सिन्धुली तर्फ आउँदै गरेको प्र ०२-००६ प ०५३६ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकको बाँया साईडको डिभाईडरमा ठोकी दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला धनुषा, सबैला नगरपालिका-४ बस्ने ४४ वर्षीय राज कुमार साह छातीमा चोट लागी गम्भीर घाईते भई उपचारको लागि आत्मिय अस्पताल खाल्टे सिन्धुली लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।