प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-६, घुमाउने चैनपुर नजिक वि.पि. राजमार्गमा काठमाण्डौंबाट सिन्धुली तर्फ आउँदै गरेको प्र ०२-००६ प ०५३६ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकको बाँया साईडको डिभाईडरमा ठोकी दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला धनुषा, सबैला नगरपालिका-४ बस्ने ४४ वर्षीय राज कुमार साह छातीमा चोट लागी गम्भीर घाईते भई उपचारको लागि आत्मिय अस्पताल खाल्टे सिन्धुली लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।