प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-२, ठकुरी गाउँमा जगदिश अग्रवालको घरको कम्पाउन्ड भित्र रहेको जस्ताको टहरा भित्र विगत १५ महिना देखि सोही एरियामा ज्यामी काम गरी बस्ने जिल्ला बारा घर बताउने अन्दाजी ४४ वर्षीय रेशम रूम्बा तामाङ आफु सुतेको कोठामा ओछ्यानमै मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ४० वर्षीय महिलाको मृत्यु
२०८३-०१-०४

मकवानपुर, बागमती गाउँपालिका-७ पाथिभरा स्थित मदन भण्डारी लोक मार्गमा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाक प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा सोहि स्थानको सडकको बायाँ छेउमा रोकि रहेको ना २ ह ४५९२ नम्बर अटोलाई हेटौंडाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिदा दुबै सवारी साधनहरु सडकको नालिमा खस्न गई दुर्घटना हुँदा अटोमा सवार ३ जनालाई उपचारको लागी अस्पताल लगिएकोमा बागमती गाउँपालिका-७ बस्ने वर्ष ४० की चिनी माया रूम्बालाई डाक्टरले मृत घोषणा गरेको र २ जनाको उपचार भईरहेको छ ।