प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-६, हर्दी स्थित पूर्व पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको ना ५ च ३२७७ नम्बरको बलेरो गाडीमा लोथरबाट खैरहनी तर्फ जाँदै गरेको बा प्र ०६-००१ प ५५४८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका-१० बस्ने २५ वर्षीय आभाष अर्याल घाइते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।